मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप



लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।

खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम बरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ । १२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले वताए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : १९ बजे