मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात



चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो ।

विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ ।

सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ४५ बजे