मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ह्वात्तै बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार ?



नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ११ : ४२ बजे