मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले निष्पक्ष चुनाव गराउँछ : नेता सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका छन् । कांग्रेसको अगुवाइमा हुने निर्वाचन निस्पक्ष हुन्छ भन्ने आम मान्यता समेत रहेको उनले बताए ।

यो सरकार बन्नु अघिको सरकाले आवश ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेशर स्थानिय सरकारले बारम्बार आवाज उठाउनु पर्ने आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको भन्दै अब निर्वाचन पछि यि सबै समस्याको समाधान हुने बताए ।

हाल स्थानीय र प्रदेश सरकारले चाहे अनुसार र संविधानमा ब्यवस्था भए अनुसारका काम गर्न नसक्नु को कारण ओलि सरकार रहेको समेत आरोप लगाएका उनले बताए । शुक्रबार नेपाल महिला संघका संस्थापन अध्यक्ष मंगलादेबी सिंहको २७ ओै स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

मुलुकको पछिल्लो घटनाबाट हुन सक्ने राजनीतिक दुर(घटना रोकन् हालको अस्थाई अरेजमेन्ट स्वरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको उनले बताए । अब सरकार र राजनीति दलहरु सबैको ध्यान भयरहित वातावरणमा निश्पक्क्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नु पर्ने समेत उनको भनाई छ । अहिले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको व्यवस्था भएको भन्दै नेपालको लोकतान्त्रिक आन्दोलन मा मंगलादेबि सिहले पुराएको योगदान आज को दिन सम्झनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : १७ बजे