ओलीलाई भाबि प्रधानमन्त्रीका रुपमा अघि सार्ने एमाले बैठकको निर्णय



आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा ९एमाले०को केन्द्रीय कमिटी बैठक सकिएको छ । विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
तेस्तै बैठकले केपी शर्मा ओलीलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय लिएको छ ।
एमालेले ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर चुनावमा जाने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । सत्ता गठबन्धनमा यसले चुनावपछि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने दबाब बढेको छ ।

प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार  ७ : ५९ बजे