राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफल हुने कार्यसूची संसद सचिवालय सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार  ८ : ४३ बजे