गठबन्धन कार्यदलको बैठक बस्दै,आजै सहमति जुट्ने सम्भाबना



काठमाडौं, १६ भदौ । सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।

कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन ।

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।सबै दलहरु आ-आफ्नो दाबिमा कायम रहदा सहमती जुटाउन नेताहरुलाई कठिन परिरहेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले बिहान ११ बजे बैठक बस्ने र निर्णय सार्वजनिक गर्ने बताए ।उनका अनुसार सिट बाँडफाँट आजै टुंगोमा पुर्‍याउने सम्भाबना छ ।

प्रकाशित मिति : भदौ १६, २०७९ बिहिबार  ९ : ५१ बजे