पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । सोही अवधीमा २०६ जनामा संक्रमण पुष्टि भएको छ ।
दुई हजार ८६९ वटा नमुना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । आज ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ८९१ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।














