सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्दै छ ।
कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
यसअघि लगातार बैठकहरु बसे पनि कार्यदलले कुनै ठोस सहमतिको खाका तयार गर्न सकेको छैन ।
आनको बैठकले सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरु प्रतिवेदन बुझाउने तयारी गरेको छ ।










