मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासी पूर्वका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध



काठमाडौं, २२ भदौ ।नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।

ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘नवलपरासी (पुर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स–साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनुहुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : २४ बजे