क्रिकेट कप्तान सन्दीपविरुद्ध बालिका बलात्कारको उजुरी



राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका किशोरीलाई जबरजस्ती करणीको आरोप लागेको छ। एक १७ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् ।

गौशाला प्रहरी वृत्तका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ ।जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत ५ भदौमा काठमाडौंको एक होटेलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ।

क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दीपले बलात्कार गरेको जनाइएको छ । घटनाको भोलिपल्ट ६ भदौमा सन्दीप केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न उडेका थिए ।

प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार  ८ : ३७ बजे