नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन।
गत २४ घण्टामा देशभर १ हजार ९५६ पीसीआर तथा १ हजार ८८० एन्टिजेन परीक्षण भएको छ।
बुधबार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।














