आफूले बनाएको दल एक दुई वर्ष टिकाउन नसक्नेले के काम गर्लान् ? नेता सिंह



स्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेले काम गर्न नसक्ने बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने बताए । अघिल्लो चुनावमा काठमाडौं १ मा चुनाव लडेका रवीन्द्र मिश्रतर्फ लक्षित गर्दै उनले यस्तो बताएका हुन् । साझा पार्टी बनाएपनि मिश्र आफै अहिले सो दलमा छैनन् ।

“नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौ भन्छन्,” नेता सिंहले भने “आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला रु क्षमता होला रु” अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए । भ्रष्टाचार गर्ने को हो रु उसैलाई यो हो भनेर भन्न सक्नुपर्ने उहाँको धारणा थियो । स्वच्छ व्यक्तिलाई र भ्रष्ट व्यक्तिलाई पनि एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने उनले बताए । व्यवस्थमा रहेको कमजोरी सच्याउनका लागि राम्रो गर्ने मान्छेलाई मौका दिनुपर्ने सिंहको भनाई थियो ।

कांग्रेस काठमाडौं १ का सांसदसमेत रहेका सिहंले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिमकेन्द्र खोल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार  ३ : ४९ बजे