सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा सिट बाँडफाँट टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ ।
यसअघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।










