पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प



पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर ९३८ माइल० को गहिराईमा गएको थियो ।

प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार  ८ : ४५ बजे