केपी ओली र विष्णु पौडेलको आडमा बिना प्रतिस्पर्धा महँगोमा सर्वोच्चको भवन ठेक्का लगाएको खुलासा



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको सहयोग रहेको खुलाएका छन् ।

। महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका जबराले प्रतिस्पर्धा सर्वोच्चको भवन ठेक्का कसरी सम्भव भयो रु भन्ने प्रश्नमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको सहयोग रहेको खुलाएका हुन् ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उनको बयान लिइएको हो । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

संसदले गठन गरेको समितिले आइतबार जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । समिति सदस्यहरुले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । तर, जवाफ दिने क्रममा जबराले सहकर्मी न्यायाधीशमाथि लान्छना लगाउने कार्य आइतबार पनि जारी राखेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार  ५ : ५० बजे