नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दैआफूले दुई–दुई पटक गरेको संसद विघटनको सशक्त बचाउ गरेका छन्।
ओलीले सर्वोच्चलाई सरकार बनाउने अधिकार नहुने भन्दै सर्वोच्चबाट संविधान उल्लंघन गराइएको जिकिर गरे। राजनीतिक स्वार्थकै लागि गठबन्धन बनेको उनको आरोप छ।
ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याए । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गरे । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए । उनले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताए ।
उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताए । उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन ।संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’










