अर्घाखाची प्रतीनिधी सभामा कांग्रेस युबा नेता पोख्रेलले थाले चुनाबी तयारी



४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए सँगै जिल्ला जिल्लामा चुनाबी सरगर्मी बढेको छ ।

यसैबिच अर्घाखाची प्रतीनिधी सभामा कांग्रेस युबा नेता लेखनाथ पोखेरेलले चुनाबी तयारी थालेका छन ।

जिल्लाबाट प्रतिनिधिसभामा पोखरेलसँगै कांग्रेस नेतृ पुष्पा भुसाल्,रेवाती प्रसाद भुसाल्, डा. राम बहादुर बिसि,डा. मुक्ती श्रेष्ठ सिफारिष भएकोमा पार्टिले आफुलाई उम्मेद्वार बनाउनेमा ढुक्क रहेको नेता पोखरेलाले बताए ।

यसअघी जिल्लाको छत्रदेब गाउँपालिकाको अध्यक्ष समेत रहेका नेता पोखरेलले आफुले पाँच बर्ष सम्म जनताको घर आँगनमा रहेर काम गरेकोले पार्टीले टिकट दिए जित्ने दाबी गरे ।

छत्रदेब गाउँपालिका अध्यक्षको कार्यकाल सकाएर स्थानिय निर्बाचनमा पार्टिलाई जिताएर आफुले गाउपालिका अध्यक्ष हस्तान्तरण गरेको भन्दै उनले पार्टिमा काम गरेका नयाँ अनुहार र युबा उम्मेद्वारहरुलाई अहिले चुनाब जित्न सजिलो हुने दाबी गरे ।

पार्टीका नेताहरुसँग टिकटको लबिङ र चुनाबको तयारि सँगसँगै गरिरहेको नेता पोखरेलले बताए।पोख्रेल लामो समय बिधार्थी राजनितिको केन्द्रिय नेतृत्व तहमा काम गर्दै पार्टी राजनितिमा सक्रीय भएका हुन ।

देशैभरी युबा पुस्ताको दाबेदारी बढिरहदा उनको उम्मेद्वारिलाई जिल्ला पार्टिका नेता कार्यकर्ताहरुले स्वभाबिक ठानेका छन ।

प्रकाशित मिति : आश्विन २, २०७९ आइतबार  १२ : ०४ बजे