मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिलाई कर्मचारी भारी : कर्मचारीको टिमले जित्यो फुटबलको उपाधि



बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूको टिमले हात पारेको छन् । संविधान दिवसको अवसरमा आयोजित कर्मचारी र जनप्रतिनिधिबीचको खेलमा जनप्रतिनिधिको टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेको हो ।

उपाधिसँगै टोलीलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले मेडल र ट्रफीबाट सम्मान गरेका छन् । कर्मचारीबाट विकास कोइराला र विक्रम थापाले गोल गरे भने जनप्रतिनिधिको टिमबाट विराट बिष्टले १ गोल प्रहार गरे ।

कर्मचारीको तर्फबट हेमाङक सुवेदीले दोश्रो चरणको खेलमा त्रुटि गरेपछि विराट विष्टले पेनाल्टीबाट १ गोल गरेका थिए । तर, जनप्रतिनिधिबट देवेन्द्र लामाले उत्कृष्ट प्रर्दशन गरे । कर्मचारीबाट रामहरि भुजेलले दिएको पासलाई विक्रम थापाले गोलमा परिणत गरे ।

दोश्रो चरणको अन्तिममा विकास कोइरालाले प्रहार गरेको बललाई गणेश आचार्यले रोकेर पनि हातबट फुत्काएपछि १ गोल गरेर कर्मचारीहरूले १ गोल थप गरे । संविधान दिवसको अवसरमा बर्दिबास नगरपालिका र बर्दिबास कर्मचारी मिलन केन्द्रले आयोजना गरेको मैत्रीपुर्ण खेलबाट जनप्रतिनिधि र कर्मचारीबिचको समबन्ध थप समधुर भएको यातायात कार्यालयका प्रमुख पोषण थापाले वताए ।

खेलमा नगरभरीका निर्वाचित जनप्रतिनिधि र नगरभित्र कार्यरत सरकारी कार्यालयका कर्मचारी सहभागी थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : ४१ बजे