मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु




प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएकोे छ । हेंगाउ मानव अधिकार संगठनले उक्त जानकारी दिएको हो ।

महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको मृत्यु भएको भन्दै प्रदर्शनकारीले विरोध गरिरहेका छन् । कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ ।

आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आइआरएनएले सात प्रान्तका धेरै शहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ४२ बजे