आज देशभर बदली, सुदूरपश्चिममा भारी वर्षा हुने



काठमाडौं, ६ असोज । आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ७ : १८ बजे