राष्ट्रपतिको पछिल्लो कदम गम्भीर राजनीतिक षडयन्त्र : कांग्रेस नेता घिमिरे



नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली राजनीतिलाई पुनः प्रतिगमन तर्फ धकेल्ने गम्भीर षडयन्त्रको आभाष हुन थालेको बताएका छन्। राष्ट्रपतिको पछिल्लो कदमप्रति सामाजिक सञ्जालामा प्रतिक्रीया दिदै घिमिरेले यस्तोे बताएका हुन् ।

सार्वभौम संसदले दुई दुई पटक पास गरेर प्रमाणीकरणका लागि पठाउँदा समेत संवैधानिक भूमिकामा रहेको राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन भएको नेता घिमिरेकोे दाबि छ।

राष्ट्रपतिको पछिल्लो कदमलाई नेपाली जनताले गम्भीर राजनीतिक षडयन्त्रको रुपमा लिएको उनले उल्लेख गरेका छन् । यदि कसैले यही बाटोबाट आफ्नो उत्थानको सपना देखेको छ भने त्यो दिवास्वप्न हुने भन्दै देशको संविधान र जनअधिकारका लागि जस्तोसुकै लडाइँ लड्न पछि नपर्ने नेता घिमिरेले चेतावनि दिएका छन् ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहिबार  १० : ०० बजे