मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन नेपाल लाईफ इन्स्योरेन्सले मनायो पाँचौं बार्षिक उत्सव



सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ०१ बजे