मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयकसम्बन्धि रिटको सुनुवाइ आइतबार मात्र



नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी परेको रिटको सुनुवाई आइतबार मात्रै हुनु भएको छ । संघीय संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर, उनले नगरेपछि उक्त माग राखेर सर्वोच्चमा रिट परेका हुन् ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।
दोस्रो पटक पेश भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारसम्ममा प्रमाणीकारण गर्नुपर्ने संवैधानिक दायित्व भए पनि उनले गरिनन्।
अब आइतबार ती रिटमाथि सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ०७ बजे