नेपाली कांग्रेस का नेता प्रकाश मान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।आज राजधानीको रत्नराज्य बिधालयको बिज्ञान प्रयोगसाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिहले उकत कुरा बताएका हुन् । नेता सिंहले जनतालाइ अनुभुत हुने गरि सरकारले काम नेपाल सरकारको ध्यानाकर्षण गराउछु भन्दै सरकारलाइ तत्कालै विशेष अभियान सुरु गर्न आग्रह गरे ।
बिरामीले सिटामोल धरि भनेको समयमा पाईदैन भन्ने गुनासो रहेकाले सिंहले सरकारलाई गम्भीर बन्न अपिल गरे । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनलेआग्रह गरेका छन् ।
फरक प्रसंगमा बोल्दै नेता सिंहले मुलुकमा संकटको निकास कालागि कांग्रेस अवसरपाउदा जिम्मेवारी बहन गरेको छ भन्दै अहिलेको आम चुनावमा कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थिरता आउने दाबि गरे । अवसर पाउँदा कस्ले कुन दलले के गरेको छ त्यसको लेखाजोखा जन्ताले गर्नु पर्ने समेत बताए । अहिले संघियताका बारेमा समेत प्रस्न उठेकाले कांग्रेसले अवसर पाए जन्तालाई अनुभुत हुने गरि काम गरेर देखाउने बताउदै सिंहले गुड गभरमेन्ट र भस्टचार मुक्त शासन प्रणालि कांग्रेसको प्राथमिकता रहेको समेत बताए ।
सिंहले मुलुकमा बेरोजगारी समस्या को समाधान स्थानीय साधन स्रोतको परिचालन पर्यटन क्षेत्रको बिकास मार्फत स्वरोजगारिको सृजना गरि युवा बर्गमा रहेको निरासा अन्त गर्न कांग्रेसको मुख्य ध्यान रहेको समेत बताए। स्वास्थ शिक्षा मा आमूल परिवर्तनको खाचोरहेकाले त्यस तर्फ ठोस कार्ययोजनाका साथ आफु अगाडि बढेकाले साथ सहयोगका लागि समेत उनले आग्रह गरे। कार्यक्रम रतराज्य स्कुलको सुबिधासम्पनन्न बिज्ञापन प्रयोग सालाको हस्तान्तरण गरिएको थियो भने बागमती प्रदेसका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ लगायतले बिधालयको क्षमता बिकासका लागि आवसयक सहयोग गर्ने प्रतिबदता ब्यक्त गरेका थिए ।










