मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिलिपिन्समा आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा लगियो



फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

टाइफुन नोरुले देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा ९१४९ माइल प्रतिघण्टा० सम्मको आँधी आएको छ ।

लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

प्रभावित क्षेत्रका ८४ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित क्षेत्रमा सारिएको छ भने राजधानी मनिलाका क्षेत्रहरूमा गम्भीर बाढी को चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ३८ बजे