कांग्रेसको समानुपातिक सूची सच्याउन बालुवाटारमा छलफल जारि



कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको समानुपातिक सूची सच्याउन तयार भएपछि बालुवाटारमा अहिले पार्टीको आन्तरिक छलफल सुरु भएको छ ।

यसअघि तयार पारेको समानुपातिक सूचीमा शेखरसमूहले विरोध गरेपछि देउवा सूची सच्याउन तयार भएका हुन् ।

कांग्रेसको समानुपातिक सूची सच्याउनका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको जनाइएको छ ।

शेखर समूहको माग संशोधन गर्न मङ्गलवार साँझ पदाधिकारी बैठक गरेका देउवाले बुधबार बिहानका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार  १० : ३७ बजे