मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं, १२ असोज । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।

बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुंगोमा पुग्ने एमाले तयारी छ ।

त्यस्तै विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : १२ बजे