मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारले देश उभो लाग्न दिएन : पूर्वराजा शाह



पूर्वराजा ज्ञानेन्द्र शाहले समाजमा सत्य र सदभाव स्थापित गर्ने दशैँ पर्व महत्वपुर्ण रहेको भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बडादशैँको शुभकामना दिएका छन्।

शुक्रबार बिहान भिडियोमार्फत् शुभकामना दिदै उनले सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् ।

शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु पर्ने देखिएको बताएका छन् ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’

रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेसिइ रहेकोमा उनले चिन्तासमेत व्यक्त गरे।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : २४ बजे