मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीको भँगाहामा झडप भएपछि अनिश्चितकालीन कर्फ्यू



महोत्तरीको भँगाहामा प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।

दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि भंगाहा नगरपालिकाको पररियामा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको हो।

बिहीबार हिन्दु सेना सम्राटका कार्यकर्ता र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिए।

हिन्दु सम्राट सेना नाम गरेको संगठनले निकालेको र्‍यालीको क्रममा आज हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।

दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली र सभा नगर्न भनिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ७ : ४९ बजे