कांग्रेसको प्रतिवद्धतापत्र सार्वजनिक



नेपाली कांग्रेसले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरे हुन् ।

महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा अर्थशास्त्रीहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्लेलगायत कांग्रेस नेताहरुले प्रतिवद्धतापत्र लेखेका हुन् ।

प्रतिवद्धतापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको छ।

कांग्रेसले प्रतिवद्धतापत्रमा अवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने बताइएको छ । तेस्तै सार्वजनिक पद धारणा गरेको व्यक्तिमाथि भ्रष्टाचार, सामाजिक विचलन वा फैजदारी कसुरको आरोप लागेमा तत्काल पदमुक्त गरी छानबिन गर्ने, संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब गर्ने प्रतिज्ञा गरेको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७९ शनिबार  ११ : २७ बजे