प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट बैठक



काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्।

उनले आजको इजलास बस्नुअघि फुलकोर्ट बैठक बस्ने गरी बोलाएको बताइएको छ।

पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएका समाचार सार्वजनिक भइरहेका छन्। यद्यपि शर्मा र फुयाँलले आफूहरु चोखो भएको विज्ञप्ति निकालेका छन्। आजको बैठकमा बिचौलिया विषयले प्रवेश पाउन सक्ने बताइन्छ।

प्रकाशित मिति : कार्तिक १३, २०८३ शुक्रबार  १० : १२ बजे