एमाले उम्मेदवार जुली महतोलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



१२ कात्तिक, काठमाडौं । धनुषा–३ का उम्मेदवार जुली महतोलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेकपा एमालेकी उम्मेदवार महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा ९१० को खण्ड ९ड० मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्था छ ।

सोही दफाको खण्ड ९द० मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ रहेकोमा तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा ९१० को खण्ड ९ड० को प्रतिकूल रहेको ठहर गरेको आयोगले जनाएको छ ।

महतोलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफै उपस्थित भएर वा प्रतिनिधि मार्फत् स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७९ शनिबार  ८ : १९ बजे