मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिभिल बैंकले ५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई आग्रह




सिभिलले बैंकले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो । सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो ।

यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : १४ बजे