मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनमा मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन् । गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

हिजो साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : २७ बजे