मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं, २६ असोज । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा आइपुगेको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा पुगेको छ । बुधबार नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन । 

मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो । त्यसैको प्रभाव बुधबारको बजारमा देखिएको हुन सक्ने कतिपयको आकलन छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : १९ बजे