राजनीतिलाई सफा गर्ने मेरो पहिलो उदेश्य : प्रदीप पौडेल



नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिलाई सफा गर्ने आफ्नो पहिलो उदेश्य रहेको बताएका छन्।नेपाली कांग्रेस काठमाडौं– ५ ले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले भने, “काठमाडौंले देश बनाउने नेतालाई विशवास गर्छ। विकृतिहरुलाई अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ। आज देशमा धेरै विकृतिहरु छन्। राजनीतिभित्रै धेरै विकृतिहरु छ। राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरो राजनधानीलाई पनि सफा गर्ने उदेश्य हो।”

नेता पौडेलले थप भने, “मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु। तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु।”

पौडेलले डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा।सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्ने बाचा गरे ।

“संसारको प्रदुषित सहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति हामी विशेष योजनाहरु ल्याउने छौं। यहाँका खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्नका निम्ति हामी विशेष योजना ल्याउने छौं।” उनले भने

कार्यक्रम मा प्रमुख अतिथि काग्रेस प्रबक्ता डाक्टर प्रकाश सरण महत , प्रदेश उमेद्दबारहरु भैरब सापकोटा, स्याम बहादुर खडका लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : आश्विन २७, २०७९ बिहिबार  १ : ०६ बजे