मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्जमा लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु



वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा ना.३ ख ५७४३ नम्बरको लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरिया नगरपालिका–१ कन्कटुवा बस्ने ५० वर्षीय भिगा राम रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

लहरी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ११ बजे