सभापति देउवाले बनाए एकसय १० सदस्यीय निर्वाचन परिचालन समिति



कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

निर्वाचन परिचालन समितिमा एकसय १० सदस्य छन् ।समितिमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ,डिला संग्रौला, सरिता प्रसाई,लक्ष्मी परियार,ध्यानगोविन्द रञ्जित, शिला शर्मा खड्का,श्री कर्णबहादुर बुढा,डा। गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी यज्ञराज जोशी, रमा कोइराला (पौडेल), धु्रव वाग्ले, टेकप्रसाद गुरुङ,गेहेन्द्र गिरी,नारायणबहादुर कार्की, तारामान गुरुङ,आङ्गेलु शेर्पा, मधु आचार्य लगायतका नेताहरू छन् ।

प्रकाशित मिति : आश्विन ३०, २०७९ आइतबार  ७ : ३५ बजे