मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा दोहोरो अंकको गीरावट



सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ।

आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ।

दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ३३ बजे