माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



नेकपा एकीकृत समाजवादी‍का अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको हो।

नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा- फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

आयोगले सोही भिडियो प्राप्त भएसँगै सो सम्बन्धमा आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेस गर्न भन्दै उनलाई पत्र पठाउने तयारी गरिरहेको आयोगको उच्च स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहिबार  २ : ५३ बजे