रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उमेदवार राजु गुरुङको उमेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णयलाइ सर्वोच्च अदालतले सदर गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएसँगै गुरुङको उमेदवारी खारेज भएको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो।निर्वाचन कार्यालयको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने गरि आदेश दिएको हो ।










