गठबन्धन संविधान र परिवर्तनलाई रक्षा गर्ने अभियान हो : रामचन्द्र पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई क्षतविक्षत् पार्ने प्रपञ्चकाविरुद्धमा यसको रक्षाका निम्ति यो गठबन्धन अभियान थालिएको बताए ।

उनले भने,“यो चुनावी अभियान मात्र नभइ राष्ट्रलाई सङ्कटबाट जोगाउने संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान हो । उनले संविधानमाथि भइरहेको आक्रमणमा गम्भीर र सचेत हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताए । उनले प्रतिगमनको खतरा देखिएपछि आफ्नो पार्टी गठबन्धनमा लागेको बताए ।

प्रकाशित मिति : कार्तिक ६, २०७९ आइतबार  ४ : ३४ बजे