मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्विटर भेरिफाइड गर्न मासिक ८ डलर तिर्नुपर्ने



काठमाडौं । ट्विटर भेरिफाइड गर्नका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर अकाउन्ट भेरिफाइड ९निलो रंगको संकेत टिक मार्क०का लागि अब हरेक महिना प्रयोगकर्ताले आठ डलर तिर्नुपर्ने भएको हो ।

यसअघि भेरिफाइड अकाउन्टका लागि २० डलरको प्रस्ताव राखेका ट्विटरका सीईओ एलन मस्कले आठ डलर प्रस्ताव गरेका छन् ।

एलन मस्कले भेरिफाइड अकाउन्टका लागि सुविधा पनि उपलब्ध गराउने बताएका छन् । यो नयाँ योजनाले ट्विटरको आम्दानी बढ्ने र सामग्री बनाउनेलाई पनि फाइदा हुने मस्कले बताएका छन्

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ५१ बजे