नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन पछि बन्ने सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन् । हाल आर्थिक अवस्था चिन्ताजनक देखिएको यसमा सुधार ल्याउन कांग्रेसको मुख्य दायित्व रहेकोमा सिंहले जोड दिए । बिध्मान ऐन कानुका कारण समस्या भयो भन्ने ब्यबसायीहरुको आवाज आईरहेकाले यसमा आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको समेत उनले बताए ।
नेता सिंहले मुलुकमा राजनीति अस्थिरताका कारण नागरिकले चाहे जस्तो सेवासुबिधा प्राप्त गर्न समेत नसकेकोप्रति आफू जानकार रहेको भन्दै जनचाहाना अनुरुप काम गरेर देखाउनका लागि स्थिर राजनीतिक अवस्था कायम गर्न कांग्रेस लाई मत दिन आग्रह गरे । उनले मुलुको शासन ब्यवस्थापनमा सबै दलहरु टेस्टेड भैसकेकाले संकटमा कांग्रेस बाहेक अरुले जिम्मेवारी बहन गर्न सक्दैन भन्ने कुरा प्रमाणिात भयकाले तमाम समस्याको समाधान कांग्रेस बाहेकले गर्न नसक्ने दाबि गरे
कांग्रेसले अवसर पाउदा पटकपटक काम गरेर देखाई सकेकाले यसपटक फेरि मौका दिएमा राजनीति स्थायित्वको जगमा नागरिको चाहाना पूरा गर्ने प्रतिबद्धता समेत सिंहले जाहेर गरे ।










