मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्यालको टोकाइबाट मुसिकोटमा ९ जना घाइते



कात्तिक १६, २०७९ रुकुम। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।

घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहोरा, दीपा बोहोरा, उर्मिला बोहोरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट–१० का भूपेन्द्र बुढा छन् ।

घाइतेमध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मङ्गलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए। स्यालले मान्छेलाई टोक्दै हिडेको उनको भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजालगायत ठाउँमा स्यालको बिगबिगी बढेको छ । स्यालले घरमै बसेका तथा बाटोमा हिंड्नेलाई समेत टोकिरहेको छ ।

घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत ल्याइएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई रेबिज विरुद्धको खोप दिएको छ । उक्त स्याललाई नियन्त्रणमा लिन सकिएको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ५६ बजे