रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्दै



रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज बिहीबार सार्वजनिक हुने भएको छ।

पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रज्ञा प्रतिष्ठानमा कर्यक्रम गरि प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेशसभामा उम्मेदवारी दिएको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न लागेको बताएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहिबार  ९ : १२ बजे