प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा पुगेका छन्। ।डडेल्धुरामा उनको भव्य स्वागत भएको छ ।
देउवालाई स्थानीयहरुसहित देउवासँगै चुनावी प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि देउवाको स्वागतका लागि मालासहित पुगेका थिए ।
चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी सागर ढकाल माला लिएर लाइनमा बसेका थिए । ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताउदै आएका थिए ।
प्रधानमन्त्री देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उनी २० कात्तिकमा काठमाडौं फर्कने छन् ।










