काठमाडौं, कात्तिक १८ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली आज चुनावी देश दौडाहको सुरुवात गर्न दार्चुला पुग्ने भएका छन् ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली दार्चुला जान लागेका हुन् । विहिबार धनगढी पुगेका ओलीले धनगढीमा त्यहाँका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । एमालेले आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ।
दार्चुला सदरमुकाम खलंगामा अहिले बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्। यस्तै आजै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन्।










