भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उद्दारको ब्यबस्था मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन



प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएकाका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका हुन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  १० : २७ बजे